काठमाडौं । युनिलिभर नेपालले गत वर्ष २ अर्ब रुपैयाँ हाराहारीमा नाफा गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा १ अर्ब ९६ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ९५ करोड ५० लाख रुपैयाँ खुद नाफा गरेको थियो । अघिल्लो वर्षको तुलनामा गत वर्ष कम्पनीको नाफा ०.३५ प्रतिशत अर्थात् ६९ लाख रुपैयाँ बढी आर्जन गरेको हो ।
गत वर्ष कम्पनीको बिक्री आम्दानी ०.०७ प्रतिशत बढेर ८ अर्ब २४ करोड ५७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब २३ करोड ९८ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।
समीक्षा वर्षमा कम्पनीको अन्य आम्दानी ३०.७४ प्रतिशत घटेर १६ करोड ६७ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले २४ करोड ७ लाख रुपैयाँ अन्य आम्दानी गरेको थियो ।
गत वर्ष कम्पनीको कुल आम्दानी ०.८० प्रतिशत घटेर ८ अर्ब ४१ करोड २४ लाख रुपैयाँ र कुल खर्च १.५९ प्रतिशत घटेर ५ अर्ब ९८ करोड ७९ लाख रुपैयाँ गरेको छ ।
अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ४८ करोड ६ लाख रुपैयाँ कुल आम्दानी गर्दा ६ अर्ब ८ करोड ४८ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
९२ करोड १० लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको सञ्चित नाफा ५ अर्ब १२ करोड ४१ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कम्पनीको सञ्चित नाफा ४ अर्ब ७५ करोड ४५ लाख रुपैयाँ थियो ।