काठमाडौं । याडियाको नेपालका लागि आधिकारिक वितरक कुजु नेपाल प्रालिले ‘विशेष सीमित स्टक अफर’ अन्तर्गत भेलक्स इलेक्ट्रिक स्कुटरमा ४० हजार रुपैयाँ नगद छुट दिने घोषणा गरेको छ ।
यो छुटपछि २ लाख ८५ हजार रुपैयाँ पर्ने भेलक्स स्कुटर अब ग्राहकले २ लाख ४५ हजार रुपैयाँमा खरिद गर्न सक्नेछन्। कम्पनीका अनुसार यो अफर सीमित स्टकका लागि मात्र हो र स्टक सकिएपछि स्कुटर पुरानै मूल्यमा बिक्री हुनेछ ।
याडिया भेलक्समा ३ हजार २०० वाटको शक्तिशाली इलेक्ट्रिक मोटर जडान गरिएको छ, जसले १७२ एनएम टर्क उत्पन्न गर्छ । यसको अधिकतम गति ६२ किलोमिटर प्रतिघण्टा रहेको छ ।
स्कुटरमा २.१ किलोवाट आवरको लिथियम-आयोन फस्फेट ब्याट्री छ । कम्पनीका अनुसार एक पटकको फुल चार्जमा यसले १०० किलोमिटरको रेन्ज प्रदान गर्छ । यो ब्याट्रीले उच्च सुरक्षा, थर्मल स्थिरता र लामो आयु सुनिश्चित गर्ने कम्पनीले बताएको छ ।
यसमा ग्राउन्ड क्लियरेन्स १७० एमएम, थप सुरक्षाका लागि फ्रन्ट र रियर दुवैमा सीबीएससहितको डिस्क ब्रेक, सजिलो पार्किङ र ह्यान्डलिङका लागि उपयुक्त छ । यसका साथै यसले लामो यात्रालाई आरामदायी बनाउने कम्पनीको दाबी छ ।
कम्पनीले भेलक्सको ब्याट्री र मोटर दुवैमा ३ वर्ष वा ५० हजार किलोमिटर (जुन पहिले आउँछ) को वारेन्टी प्रदान गरेको छ ।