सलिकोले २२.८६ प्रतिशत बढायो व्यवसाय, नाफा ४० करोड ३२ लाख रुपैयाँ

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)को गत आर्थिक वर्ष २०८१/८२ खुद नाफा १२.५३ प्रतिशत घटेर ४० करोड ३२ लाख ६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षमा कम्पनीले ४६ करोड ९ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । 

गत असारसम्ममा कम्पनीको खुद बीमा शुल्क २२.८६ प्रतिशत बढेर २ अर्ब ११ करोड ३५ लाख ४ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब ७२ करोड २ लाख ९ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेका थिए । 

गत वर्ष कम्पनीको कुल बीमा शुल्क २.३२ प्रतिशत बढेर ५ अर्ब ७६ लाख १४ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले ४ अर्ब ८९ करोड ३८ लाख ३६ हजार रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

समीक्षा वर्षमा कम्पनीको खुद दाबी भुक्तानी ३०.७१ प्रतिशत बढेर १ अर्ब ६९ करोड ४० लाख १८ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले १ अर्ब २९ करोड ५९ लाख ६९ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । 

गत वर्ष कम्पनीको कुल आम्दानी १२.५० प्रतिशत बढेर ३ अर्ब ११ करोड ८८ लाख ५९ हजार रुपैयाँ र कुल खर्च १७.४७ प्रतिशत बढेर २ अर्ब ५४ करोड २८ लाख ५० हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कम्पनीले अर्ब ७७ करोड २२ लाख ६४ हजार रुपैयाँ कुल आम्दानी गरेर २ अर्ब १६ करोड ४६ लाख ६१ हजार रुपैयाँ कुल खर्च गरेको थियो । 

२ अर्ब ६२ करोड २६ लाख ३८ हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोष २१.३४ प्रतिशत बढेर २२ करोड ९३ लाख २ हजार रुपैयाँ, सञ्चित नाफा ९.२५ प्रतिशत घटेर ३६ करोड ६५ लाख २२ हजार रुपैयाँ र बीमा कोष ४.१३ प्रतिशत बढेर ६ अर्ब ८८ करोड ५२ लाख ५४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको नाफा बढेसँगै प्रतिसेयर आम्दानी ८.०७ रुपैयाँ घटेर १५.३७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २३९.१२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४७.२३ गुणा रहेको छ ।

Share News