एक वर्षमा निर्जीवन लघु बीमकको व्यवसाय तेब्बरले बढ्यो

काठमाडौं । एक वर्षमा निर्जीवन लघु बीमा कम्पनीहरूको व्यवसाय उल्लेखनीय वृद्धि भएको देखिएको छ । नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०८१/८२ मा चार निर्जीवन लघु बीमकले ९५ करोडभन्दा बढीको व्यवसाय आर्जन गर्न सफल भएका छन् ।

समीक्षा वर्षमा निर्जीवन लघु बीमा कम्पनीहरूले ३ लाख ७९ हजार ४३८ बीमालेख जारी गरी ९५ करोड ३८ लाख रुपैयाँको कुल बीमा शुल्क संकलन गर्न सफल भएका हुन् । 

यो गत आव २०८०/८१ को तथ्यांकअनुसार २२३.७ प्रतिशत अर्थात् ३.२४ गुणा बढी हो। 

प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आवमा निर्जीवन लघु बीमा कम्पनीहरूले २९ करोड ४८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।

तथ्यांकअनुसार गत वर्ष सबैभन्दा धेरै व्यवसाय आर्जन गर्नेमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आवमा १ लाख १ हजार ७४४ बीमालेख जारी गरी कुल २६ करोड २८ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । 

अघिल्लो आवमा कम्पनीले ४९ हजार ४७३ बीमालेख जारी गरी १० करोड ३१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थियो । एक वर्षमा कम्पनीको व्यवसाय १५४.७३ प्रतिशतले वृद्धि भएको छ ।

त्यस्तै, दोस्रो धेरै व्यापार भित्र्याउने लघु निर्जीवन बीमा कम्पनीमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले समीक्षा वर्षमा ९९ हजार १३५ बीमालेख जारी गरी २४ करोड ९३ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । जुन गत आवको तुलनामा १७६.९६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा कम्पनीले ९ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।

तेस्रो धेरै व्यापार स्टार माइक्रो इन्स्यारेन्स कम्पनीले भित्र्याएको छ । समीक्षा वर्षमा स्मार्ट माइक्रोले १ लाख २ हजार ४९६ बीमालेख बिक्री गरी कुल २२ करोड ७४ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ । 

अघिल्लो आवमा कम्पनीहरूले ६ करोड ८७ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको थिए । गत आवमा कम्पनीले अघिल्लो आवको तुलनामा २३०.५६ प्रतिशतले वृद्धि भएको छ । 

ट्रस्ट माइक्रो इन्स्योरेन्सले अघिल्लो आवको तुलनामा गत आवमा ५५४.१२ प्रतिशतले बढाएको छ । अघिल्लो आवमा ३ करोड २७ लाख रुपैयाँको व्यवसाय भित्र्याएको ट्रस्ट माइक्रोले गत वर्षमा २१ करोड ४२ लाख रुपैयाँको कुल बीमा शुल्क संकलन गरेको छ । 

null

Share News