अमेरिका-चीनबीच ट्यारिफ नलाग्ने सहमति ९० दिनका लागि थपियो

काठमाडौं । अमेरिका र चीनले एक-अर्कामाथि ट्यारिफ नलगाउने सहमति ९० दिनका लागि थप गरेका छन् । यो निर्णय त्यतिबेला गरिएको हो जब विद्यमान सहमतिको अवधि सकिँदै थियो ।

सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । उक्त आदेशमा मे महिनामा भएको सहमतिको प्रावधानलाई यथावत राखिएको छ । त्यतिबेला दुवै देशले अस्थायी रूपमा एक(अर्काका सामानमा लगाइएका ट्यारिफलाई निलम्बन गरेका थिए ।

अमेरिकाले चेतावनी दिएको थियो यदि सहमतिको अवधि बढाइएन भने मंगलबारदेखि उच्च ट्यारिफ लागू हुनेछ।

गत महिनाको वार्तामा चीनले दुवै पक्षले सहमति कायम राख्ने प्रयास गर्ने जनाएको थियो । अमेरिकी अधिकारीहरूले त्यसबेला भनेका थिए कि उनीहरू ट्रम्पको अन्तिम स्वीकृतिको प्रतीक्षामा छन् ।

अप्रिलमा व्यापारसम्बन्धी तनाव चरममा पुगेको थियो। ट्रम्पले विश्वका धेरै मुलुकका सामानमा टैरिफ लगाउने घोषणा गरेका थिए । चीनमाथि पनि उच्च ट्यारिफ लगाइयो र चीनले त्यसको जवाफी कदमस्वरूप अमेरिकी सामानमा ट्यारिफ बढायो ।

मे महिनामा भएको सम्झौताअनुसार अमेरिका भित्रिने चिनियाँ सामानमा वर्षको सुरुवातको तुलनामा ३० प्रतिशत अतिरिक्त ट्यारिफ लगाइयो । त्यस्तै चीनमा अमेरिकी सामानमा १० प्रतिशत नयाँ ट्यारिफ लागू गरियो ।

Share News