फोटोन नेपालको मेगा मनसुन सर्भिस क्याम्प आजदेखि सुरु

काठमाडौं । फोटोन नेपालले देशभरका सबै आधिकारिक सर्भिस सेन्टरहरूमा आफ्नो बृहत् मेगा मनसुन सर्भिस क्याम्प आइतबारदेखि औपचारिक रूपमा सुरु गरेको छ ।

फोटोन सवारी धनीहरूलाई वर्षायामका चुनौतीपूर्ण परिस्थितिका लागि सवारीलाई तयारी अवस्थामा राख्न सहयोग गर्नुका साथै सुरक्षा र उत्कृष्ट प्रदर्शन सुनिश्चित गर्न क्याम्पको आयोजना गरिएको हो ।

सर्भिस कार्यक्रमले पिकअप ट्रक, इलेक्ट्रिक भ्यान, मिनी ट्रकदेखि लिएर हेभी कमर्सियल गाडीसम्मका सबै फोटोन सवारीसाधनलाई समेट्ने फोटोनको आधिकारिक वितरक एमएडब्लू वृद्धि कमर्शियलले जनाएको छ ।

सहभागीहरूले क्याम्प अवधिभर स्पेयर पाट्र्स, सर्भिस चार्ज र लुब्रिकेन्टमा १५ प्रतिशतसम्म छुटको फाइदा लिन सक्नेछन् । 

प्याकेजमा निःशुल्क सवारी वाश र ग्रिजिङ सेवा समेत समावेश छ, जुन वर्षायामको हिलो सडकमा विशेष लाभदायक हुनेछ । 

साथै ग्राहकहरूका लागि निःशुल्क आँखाको स्वास्थ्य परीक्षण पनि उपलब्ध हुने जनाइएको छ ।

मेगा मनसुन सर्भिस क्याम्प दुई महिनासम्म नेपालभरका आधिकारिक सर्भिस नेटवर्कमा सञ्चालन हुनेछ । 

Share News