नाइमामा एनटर्क डिस्क एफआईका आकर्षक नयाँ रङहरू सार्वजनिक

काठमाडौं । टीभीएस नेपालले नाइमा अटो मोबिलिटी शोको तेस्रो दिन आफ्नो एनटर्क डिस्क एफआई स्कुटरको नयाँ कलर भेरियन्ट सार्वजनिक गरेको छ । 

एनटर्क डिस्क एफआई स्कुटर टर्कोइस ब्लु र नार्दो ग्रेका दुई आकर्षक रङ्गहरूमा सार्वजनिक भएको हो ।

आधुनिक यात्रुहरूलाई ध्यानमा राखी डिजाइन गरिएको एनटर्क डिस्क एफआईमा स्मार्ट प्रविधि र पफोर्मेंसलाई संयोजन गरिएको छ । 

परिष्कृत १२४.८ सिसीको ३–भल्भ फ्युल–इन्जेक्टेड इन्जिनले यो स्कूटरलाई सहज र शक्तिशाली बनाउँछ, जसले करिब ४५ किलोमिटर प्रतिलिटरको माइलेज दिने दावी कम्पनीको छ । 

रेसिङ शैलीबाट प्रेरित यसको आकर्षक डिजाइन र टि-आकारको एलईडी टेल ल्याम्पले नेपाली सडकहरूमा सबैको ध्यान आकर्षण निश्चित छ ।

नेपाली बजारको लागि २ लाख ८२ हजार ९०० मूल्य  निर्धारण गरिएको नयाँ एनटर्क डिस्क एफआई भेरिएन्टहरूमा यस सेगमेन्टमै अगाडि रहने विशेषताहरू समावेश गरिएका छन् ।

शैली, सुरक्षा र स्मार्ट फिचरको समायोजनले यो स्कुटरलाई आफ्नो क्लासमा एक उत्कृष्ट विकल्प बनाएको छ ।

पाँच दिनसम्म चल्ने यो अटो शोमा ५० भन्दा बढी स्थानीय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूले गाडी, इलेक्ट्रिक सवारी (ईभी), हाइब्रिड र वातावरणमैत्री सवारीहरू प्रदर्शन गर्नेछन् ।

Share News