काठमाडौं । नाइमा मोबिलिटी एक्सपो २०२५ मा पारामाउन्ट मोटर्सले माज्दा सीएक्स-६० सार्वजनिक गरेको छ । यो मोडल ‘अल ह्विल ड्राइभ’ सिस्टमसहित नेपाली बजारमा ल्याइएको हो ।
माज्दा सीएक्स–६० को लम्बाइ ४५५० मिमी, चौडाइ १८४० मिमी र उचाइ १६६० मिमी रहेको छ ।
यसमा २।५ लिटर क्षमताको इन्जिन प्रयोग गरिएको छ, जसले अधिकतम १८५ बीएचपी पावर र २५० एनएम टर्क उत्पादन गर्छ । गाडीको टप स्पिड १८० किलोमिटर प्रतिघण्टा रहेको कम्पनीले जानकारी दिएको छ ।
इन्टेरियर डिजाइन प्रिमियम स्तरको छ भने सुरक्षाको दृष्टिकोणले पनि यो गाडी निकै उन्नत छ । माज्दा सीएक्स–६० मा ६ वटा एयरब्याग, भेइकल स्टेबिलिटी कन्ट्रोल ३६० डिग्री क्यामेरा तथा विभिन्न प्रकारका सेन्सरहरू जडान गरिएको छ । कम्पनीले यस एसयूभीको मूल्य १ करोड ५१ लाख रुपैयाँ निर्धारण गरेको छ । नाइमा एक्स्पोबाटै यो गाडी बिक्री गर्न थालेको छ ।