सानिमा रिलायन्स लाईफको ‘ब्राभो एनुअल कन्क्लेभ  २०८२’ सम्पन्न

काठमाडौं । सानिमा रिलायन्स ब्राभो एनुअल कन्क्लेभ २०८२ सम्पन्न भएको छ । 

कम्पनी सञ्चालक समितिका अध्यक्ष रतन लाल केडियाले कार्यक्रमको उद्घाटन गरे । 

प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत राकेश पोखरेल, नायव प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृतहरू, प्रदेश प्रमुख, विभागीय प्रमुखहरू, क्षेत्रीय प्रबन्धकहरू, एरिया म्यानेजरहरू तथा उत्कृस्ट शाखा प्रबन्धक, मार्केटिङ अफिसर लगायत कस्टमर सर्भिस एक्जुकेटिभहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका अध्यक्ष रतनलाल केडियाले गत वर्ष आर्थिक वर्षमा ७ सय करोडको बीमाशुल्क संकलन गर्न सफल भएकोमा सबै कर्मचारीलाई बधाई दिँदै सफलताका लागि नयाँ प्रविधि र नयाँ सोचलाई अपनाउनु पर्ने र नयाँ अभिकर्ताहरूको संख्या विस्तार कार्य तत्परताका साथ गर्नुपर्ने बताए । 

कर्मचारीहरू आफ्नो कम्फर्ट जोनबाट बाहिर निस्केर थप मेहनत गर्नुपर्ने र सो कुराले हामीलाई प्रतिस्पर्धात्मक बजारमा अग्र स्थानमा स्थापित गराउन मद्दत पुराउने कुरा उल्लेख गरे । 

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले असम्भव शब्द भित्र सम्भव लुकेको हुनाले एकजुट प्रयास, सकारात्मक सोच र निरन्तर मेहनतले सम्भव बनाउन सकिने बारे कुराको प्रकाश पारे । 

Share News