काठमाडौं । नेपाली बीमा कम्पनीहरूले भारतबाट एक्चुअरी, सर्भे र भ्यालुएसन जस्ता विशेषज्ञ सेवाका लागि प्राकृतिक व्यक्तिलाई भुक्तानी गर्न राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने भएको छ ।
राष्ट्र बैंकले विदेशी विनिमय व्यवस्थापनसम्बन्धी एकीकृत परिपत्र २०८१ मा महत्त्वपूर्ण संशोधन गर्दै उक्त व्यवस्था गरेको हो ।
‘नेपाली बीमा कम्पनीहरूले विशेषज्ञ सेवाहरू एक्चुअरी, सर्भे र भ्यालुएसन लगायतका लागि प्राकृतिक व्यक्तिलाई गर्नुपर्ने भुक्तानीको सटही सुविधाको लागि नेपाल बीमा प्राधिकरणको सिफारिस समेतको आधारमा वाणिज्य बैंकबाट प्राप्त गर्न सक्नेछन्,’ राष्ट्र बैंकको संशोधित निर्देशनमा भनिएको छ ।