मोबिलिटी एक्स्पो पहिलो दिन १५ हजार बढीले गरे अवलोकन

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएशन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५’ को पहिलो दिन १५ हजारभन्दा बढीले अवलोकन गरेका छन् । उद्घाटन सम्पन्नपछि सर्वसाधरणलाई खुला गरिएको एक्स्पोमा १५ हजार भन्दा बढीले अवलोकन गरेको जनाएको छ । 

नाइमाका अध्यक्ष ऋतु सिंह वैद्यले मोबिलिटी एक्स्पो २०२५ ले प्रत्यक्ष तथा अप्रत्यक्ष गरी १२ लाख ४० हजारभन्दा बढी जनशक्तिलाई रोजगारी प्रदान गर्ने बताइन् । साथै, राष्ट्रिय कुल गार्हस्थ उत्पादनमा ७.१३ प्रतिशतको योगदान पुर्याउने उनीहरुको दाबी छ । 

उनका अनुसार हाल नेपालमा ५५ लाखभन्दा बढी सवारी साधन दर्ता छन्, जसले बिक्री, मर्मत, लजिस्टिक्स र पूर्वाधारका क्षेत्रमा रोजगारी सिर्जना गरिरहेको छ ।

Share News