नेप्सेमा ८६ लाख ६० हजार कित्ता सेयर सूचिकृत, बोनस सेयर मात्रै ६४ लाख कित्ता

<p>काठमाडौं । मंगलबार मात्रै ८६ लाख ६० हजार ८८४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन बोनस, हकप्रद र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो । नेप्सेमा बोनस सेयर मात्रै ६४ लाख कित्ता सूचिकृत भएको छ भने ११ लाख ९८ हजार कित्ता साधारण र ९ लाख ९० हजार कित्ता हकप्रद [&hellip;]</p>

काठमाडौं । मंगलबार मात्रै ८६ लाख ६० हजार ८८४ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको छ । सो दिन बोनस, हकप्रद र साधारण सेयर गरि सो मात्राको सेयर सूचिकृत भएको हो ।

नेप्सेमा बोनस सेयर मात्रै ६४ लाख कित्ता सूचिकृत भएको छ भने ११ लाख ९८ हजार कित्ता साधारण र ९ लाख ९० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको छ ।

भक्तपुर फाइनान्सको ७३ हजार ८५० कित्ता, सगरमाथा इन्स्योरेन्स कम्पनीको एक लाख ७० हजार ६९० कित्ता र एनएलजी इन्स्योरेन्सको १० लाख २४ हजार ६५० कित्ता बोनस सेयर सूचिकृत भएको छ । त्यस्तै, ज्योति विकास बैंकको ११ लाख ७२ हजार ९०७ कित्ता, स्ट्याण्डर्ड चाटर्ड बैंकको १३ लाख ७४ हजार ७५३ कित्ता र गरिमा विकास बैंकको २१ लाख ६१ हजार कित्ता बोनस सेयर थपिएको छ ।

त्यसैगरि, कञ्चन डेभलपमेन्ट बैंकको पनि ४ लाख ९५ हजार कित्ता बोनस थपिएको छ । साथै, उक्त बैंकको बोनस सेयरका साथै हकप्रद सेयर पनि सूचिकृत भएको छ । मंगलबार कम्पनीको ९ लाख ९० हजार कित्ता हकप्रद सेयर सूचिकृत भएको हो ।

साथै, लक्ष्मी बैंकको साधारण सेयर नेप्सेमा सूचिकृत भएको छ । प्रोफेशनल दियालो विकास बैंकलाई एक्वाएर पश्चात कम्पनीको ११ लाख ९८ हजार ०११ कित्ता साधारण सेयर नेप्सेमा थपिएको हो ।

Share News