आजदेखि पोखराको बगैंचा रिसोर्ट तथा स्पा सञ्चालनमा, लागत ७० करोड

काठमाडौं । पोखराको बगैंचा रिसोर्ट तथा स्पा आजदेखि सञ्चालनमा आएको छ । 

लेकसाइडको १३ नम्बर स्ट्रिटमा अंशुभरा ग्रुपले वास्तुकला, नेपाली कला र परम्परागत तथा आधुनिक समिश्रणसहितको प्रकृतिको आभास दिलाउने बगैंचा रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याएको हो ।

बुधबार परराष्ट्रमन्त्री आरजु राणा देउवाले रिसोर्टको उद्घाटन गरिन् । ।

नेपाली माटो सुहाउँदो नाम हुँदा बगैंचाले सुन्दर अर्थ बोकेको हुनाले प्रकृतिसँग नजिक बनाउन खोजिएको उनको भनाइ छ । 

बगैंचाले प्रकृतिप्रेमी सेवाग्राही तथा पर्यटकलाई शान्त जीवनशैलीको महसुस गराउने निर्देशक थापाले बताए । 

मानिसहरू प्रकृतिबाट टाढा जान नसक्ने भएकाले प्रकृतिको नजिक लैजान यो शैलीको हस्पिटालिटी व्यवसाय सुरू गरिएको थापाले जानकारी दिए । यहाँ आउने पाहुनाले व्यवसायीक रूपमा चाहेको सब कुरा पाउने गरेर रिसोर्ट सञ्चालनमा ल्याइएको उनले बताए । 

थापाले रिसोर्टकै नामअनुसार स्पाको समेत सेवा सुविधा रहेको जानकारी दिए । 

बगैंचामा दुई रेष्टुरेण्ट रहेका छन् । बगैंचामा “टारो” पूलसाइड बार रहेकाले थप आकर्षण बढ्ने उनले विश्वास व्यक्त गरे । 

रिसोर्टमा आउने पाहुनाका लागि स्टयान्डर्ड रूम, एक्जिक्युटिभ रूम, आर्बर सुइट, बगैंचा सुइट गरी अतिथिका लागि चार प्रकारका आकर्षक कोठाको प्रबन्ध गरिएको छ ।’

यसैगरी, रिसोर्टमा ३२ वटा कोठा रहेका छन् ।  

रिसोर्टमा १५० देखि ३५० डलरसम्मका कोठाहरू पाइने थापाले जानकारी दिए । उनका अनुसार साढे चार रोपनी क्षेत्रफलमा र ७० करोड लागतमा सम्पन्न भएको छ।

Share News