काठमाडौं । थाइल्याण्ड-कम्बोडिया सीमा क्षेत्रमा जारी सैन्य झडपमा हालसम्म कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन् ।
थाइल्याण्डका स्वास्थ्यमन्त्रीका अनुसार झडपमा एक जना सैनिक र ११ जना सर्वसाधारणको ज्यान गएको हो ।
उनका अनुसार मारिनेहरू ती ३५ जनामध्येका हुन्, जो आक्रमणबाट प्रभावित भएका थिए ।
थाई अधिकारीहरूको रिपोर्टअनुसार सुरिन प्रान्तमा दुई जना सर्वसाधारणको मृत्यु भएको छ, जसमा एक आठ वर्षीय बालक पनि छन् ।
उता उबोन रत्चथानी प्रान्तमा एक जनाको ज्यान गएको छ भने श्रीसाकेत प्रान्तमा आठ जना सर्वसाधारणले ज्यान गुमाएका छन् ।