माछापुच्छ्रे क्यापिटलले गर्‍यो श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई कम्प्युटर सहयोग

काठमाडौं । माछापुच्छ्रे क्यापिटलले काठमाडौं महानगरपालिका–७, कुमारीगालस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालयलाई ३ थान कम्प्युटर सहयोगस्वरूप हस्तान्तरण गरेको छ ।

मंगलबार एक समारोहमा माछापुच्छ्रे क्यापिटलका अध्यक्ष विश्वम्भर न्यौपाने र प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकारले विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद नेपाललाई कम्प्युटर हस्तान्तरण गरेका थिए ।

प्रधानाध्यापक नेपालले सहयोगप्रति आभार प्रकट गर्दै कम्प्युटर सहयोगले विद्यालयको डिजिटल शिक्षामा पहुँच विस्तार गर्न र शैक्षिक स्रोत अभिवृद्धिमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे । साथै, सामुदायिक शिक्षाको प्रवर्द्धनमा यस्ता पहल निरन्तर हुनुपर्ने अपेक्षासमेत व्यक्त गरे ।

Share News