काठमाडौं । गार्डियन माइक्रोलाइफ इन्स्योरेन्स लिमिटेड तेस्रो वर्षमा प्रवेश गरेको छ । नेपालको पहिलो लघु बीमा कम्पनीको रुपमा स्थापित यस कम्पनीले नेपालको बीमा क्षेत्रमै पहिलोपूर्ण डिजिटल प्रणाली अवलम्बन गर्दै आएको जनाएको छ ।
‘समयसँगैै प्रविधिमा भईरहेको विकास र प्रयोगलाई अनुसरण गर्दै आगामी दिनमा ग्राहक महानुभावहरुको सेवालाई अझ सरल र गुणस्तरीय बनाई गरिवी न्यूनिकरण र बीमा पहुँच अभिवृद्धिमा टेवा पुर्याउने हाम्रो प्रतिवद्धता छ’ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीले भने ।
हाल कम्पनीले २६ वटा शाखा कार्यालयहरुबाट सेवा दिईरहेको र बीमा दावीमा सतप्रतिशत भुक्तानी गरेको जनाएको छ । हालसम्म कम्पनीले ७ करोड ७६ लाख रुपैयाँ बीमा दावी भुक्तानी गरेको जनाएको छ ।