विकाश हाइड्रोपावरको आईपीओमा १४ लाखभन्दा बढीको आवेदन

काठमाडौं । विकाश हाइड्रोपावर कम्पनी लिमिटेडकाे प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) मा १४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएका छन् ।

कम्पनीले असार १८ गतेदेखि निष्काशन गरेकाे उक्त आईपीओमा हालसम्म (२० गते) सम्ममा  १ करोड ८२ लाख २४ हजार ३२० कित्ताका लागि  ४ लाख ७८ हजार ८३९ जनाले आवेदन दिएका हुन् ।

प्रभु क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक रहेको यस आईपीओमार्फत विकाश हाइड्रोपावरले कुल २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सी-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्छन् । लगानीकर्ताले असार २२ गतेसम्म आवेदन पाउनेछन् ।

विकाश हाइड्रोपावर कम्पनीले प्रवर्द्धन गरेको माथिल्लो माछाखोला साना जलविद्युत आयोजना हाल ४.५५ मेगावाट क्षमतासहित २०७९ साल फागुन १७ गतेदेखि व्यवसायिक उत्पादनमा आएको छ । उत्पादन भएको विद्युत् हाल राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको र बिक्री भइरहेको कम्पनीले जनाएको छ ।

कम्पनीको आईपीओ बाँडफाँड नियमअनुसार छिट्टै हुने जनाइएको छ । यस कम्पनीको आईपीओलाई इक्रा नेपालले इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस प्रदान गरेको छ ।

Share News