काठमाडौं । केटिएम ग्रुप होल्डिङ्सअन्तर्गत सञ्चालित केटिएम हस्पिटालिटीले प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ४५ करोड रुपैयाँ चुक्ता पुँजी भएको केटिएम हस्पिटालिटीले १२ करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएको हो ।
आईपीओ व्यवस्थापनका लागि केटिएम हस्पिटालिटी र आरविवि मर्चेन्ट बैंकिङ लिमिटेडबीच सम्झौता सम्पन्न भएको छ । कम्पनीले प्राथमिक सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी आरविवि मर्चेन्ट बैंकिङलाई दिएको हो ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमण खनालको उपस्थितिमा केटिएम हस्पिटालिटीका अध्यक्ष तथा प्रमुख कार्यकारी रामेश्वर शाह र आरविवि मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
कम्पनीले १०० रुपैयाँका दरले १२ लाख ५० हजार कित्ता साधारण सेयर सर्वसाधारणमा बिक्री गर्ने तयारी गरेको छ ।
केटिएम हस्पिटालिटीले फ्रान्सको प्रतिष्ठित अन्तर्राष्ट्रिय लुभ्र होटल्स समूहसँग सहकार्य गरी चितवनमा पाँचतारे स्तरको ‘द रोयल ट्युलिप’ रिसोर्ट सञ्चालन गर्ने योजना अघि सारेको छ ।