१०.५२ प्रतिशत लाभांश पारित गर्न एलआईसी नेपालले डाक्यो २३औँ वार्षिक साधारण सभा

काठमाडौं । लाभांश प्रस्ताव पारित गर्न लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी) नेपालले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सञ्चालक समितिको असार ४ गते बसेको बैठकले खसार ३० गते बिहान १० बजे काठमाडौंमा २३औँ साधारण सभा डाकेको हो । 

कम्पनीको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बोनस वितरणपछि कायम हुन आउने दशमलवपछिको अंकलाई सम्बन्धित सेयरधनीको नाममा पछि समायोजन गर्ने गरि यथावत राख्नेछ । 

बोनस पश्चात हुने सेयर संरचनामा कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि हुने भएकोले सोही बमोजिम प्रबन्धपत्र र नियमावलीको आवश्यक दफाहरु संसोधन गर्नेछ । 

सभाले वार्षिक प्रतिवेदन २०८०/८१, लेखापरीक्षकको प्रतिवेदन र चालु आव २०८१/८२ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्नेछ । साथै, सर्वसाधारण सेयरधनीतर्फबाट १ जना संचालकको निर्वाचन र संस्थापक सेयरधनीको तर्फबाट नियुक्त सञ्चालकलाई अनुमोदन गर्नेछ । 

लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले असार १५ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरुले कम्पनीको सभामा सहभागीता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् । 

Share News