काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो आठौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
सभाले आर्थिक वर्ष २०८०/८१ का लागि प्रस्ताव गरिएको १२.६३ प्रतिशत लाभांश पारित गरेको छ । जसअन्तर्गत १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गरिनेछ ।
बोनस सेयर वितरणपश्चात कम्पनीको चुक्तापुँजी ५ अर्ब १९ करोड ६८ लाख रुपैयाँ पुग्नेछ । सोही अनुसार कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाबाट पारित भएको छ । यदि नियामक निकायले संशोधनका क्रममा कुनै निर्देशन दिएमा त्यसअनुसार आवश्यक कार्य गर्न सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले अनुमोदन गरेको छ ।
साधारणसभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षकको प्रतिवेदन पारित गर्नुका साथै आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावसमेत स्वीकृत गरेको छ।