उत्कृष्ट बीमा अभिकर्ता बन्दै सुकुना अधिकारीले पाइन् एक तोला सुन

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले उत्कृष्ट बीमा अभिकर्तालाई सम्मान गरेको छ । उत्कृष्ट अभिकर्तालाई समान तथा पुरस्कार वितरण र प्रडक्ट लन्च कार्यक्रममा कम्पनीले सम्मान गरेको हो ।

३ हजारभन्दा बढी अभिकर्ताबाट कम्पनीले उत्कृष्ट छनोट गरेको हो ।

उत्कृष्ट सुकुना अधिकारी शिवाकोटीले ५४ अंक ल्याई एक तोला सुन पुरस्कार पाएकी छिन् । यसैगरी, मनकुमारी निरौलाले ४६.३८ अंक ल्याइ द्वितीय भइन् । उनले प्रमाणपत्रसहित दुई तोला चाँदी पाइन् । अन्य बाँकीले पनि प्रमाणपत्रसहित दुई तोला चाँदी प्राप्त गरे ।

प्रदेशबाट उत्कृष्ट भएकाहरूले भने ३ तोला चाँदी पाएका छन् ।

बीमा कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत महेश रिमालले कम्पनी सधैं अभिकर्ताको साथमा रहने बताए । उनका अनुसार अहिलेका कम्पनीहरू अभिकर्तामैत्री बन्दै गएको छ । 

उनले अभिकर्ता अभिन्न अंग रहेको जानकारी दिए ।

'हामीले अभिकर्तालाई कर्मचारीसरह सम्मान गर्नुपर्छ । उनीहरू अभिन्न अंग हुन्,'रिमालले भने ।

उनका अनुसार कम्पनीले अहिले अनलाइनबाटै बिमालेख सुविधा ल्याइसकेको छ । 

उत्कृष्ट दश अभिकर्ता :

१. सुकुना अधिकारी शिवाकोटी

२.मनकुमारी निरौला

३. बद्रीप्रसाद उप्रेती 

४. लीलाबहादुर श्रेष्ठ

५. विशिश्वर अधिकारी

६. धर्मराज जोशी 

७. टीका खड्का

८. शान्ति महर्जन

९. बाशुजंग पाण्डे

१०. विश्वनाथ प्याकुरेल

null

Share News