काठमाडौं । शिखर इन्स्योरेन्स बीमा कम्पनीले निर्जीवन बीमा व्यवसायबाट फेरि ५ अर्ब बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल भएको छ । कम्पनीले सोमबार एक सूचना जारी गर्दै चालु आवको हालसम्ममा ५०० करोड कुल बीमा शुल्क संकलन गरिएको जानकारी गराएको हो ।
गत आव २०८०/८१ को असार मसान्तसम्ममा पनि शिखर इन्स्योरेन्सले ५ अर्ब ४७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। हालसम्म अन्य निर्जीवन बीमा कम्पनीले कुल बीमा शुल्क ५ अर्ब करोड पुर्याउन सकेका छैनन् ।
ग्राहकको भरोसा र साथले शिखर इन्स्योरेन्स नेपालको निर्जीवन क्षेत्रमा छोटो समयमा ५ अर्बको निर्जीवन बीमा शुल्क संकलन गर्ने पहिलो कम्पनी बन्न सफल भएको जनाएको छ । ‘हाम्रो यो सफलताको लागि हामीलाई भरोसा गर्ने सम्पूर्ण ग्राहक महानुभावहरू, कर्मचारी वर्ग तथा शुभचिन्तकहरुमा हार्दिक कृतज्ञता ज्ञापन गर्दछौं,’ कम्पनीद्वारा जारी सूचनामा उल्लेख गरिएको छ । भविष्यमा अझ उत्कृष्ट बीमा सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ ।