९ प्रतिशतले बढ्यो सक्रिय बीमालेखको संख्या, सबैभन्दा धेरै हिस्सा लघुजीवन बीमाको

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा सक्रिय जीवन बीमालेखको संख्या ९ प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार वैशाखसम्ममा सक्रिय जीवन बीमालेखको संख्या गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९.६८ प्रतिशत अर्थात् १३ लाख ५१ जार १०६ ले बढेको छ ।

गत आवको वैशाखसम्ममा सक्रिय बीमालेखको संख्या १ करोड ३९ लाख ५५ हजार ८८७ थियो भने समीक्षा अवधिभर यो संख्या बढेर १ करोड ५३ लाख ६ हजार ९९३ ले बढेको छ । 

बीमा प्राधिकरणको तथ्यांकअनुसार चालु आवको वैशाखसम्ममा जीवन बीमकहरूको सक्रिय बीमालेखको संख्याको हिस्सा सबैभन्दा धेरै लघुजीवन बीमाको रहेको छ भने सबैभन्दा कम संख्या एकल बीमालेखको रहेको छ । 

वैशाखसम्ममा लघुजीवन बीमाको सक्रिय बीमालेखको संख्या ४९ लाख ६९ हजार ८४३ रहेको छ । जुन गत आवको सोही अवधिको तुलनामा ३९.२३ प्रतिशतले बढी हो । गत आवको यही अवधिमा लघुजीवन बीमाको सक्रिय बीमालेखको संख्या ३५ लाख ६९ हजार ५५७ रहेको थियो । वैशाखसम्ममा लघुजीवन बीमाको हिस्सा ३२.४७ प्रतिशत रहेको छ ।

लघुजीवन बीमापछि सक्रिय बीमालेखको संख्याको हिस्सा धेरै भएको बीमालेख म्यादि रहेको छ । वैशाखसम्ममा म्यादीजीवन बीमालेखेको हिस्सा २१.९७ प्रतिशत रहेको छ । वैशाखसम्ममा म्यादीजीवन बीमालेखको संख्या ३३ लाख ६३ हजार ६४९ रहेको छ । 

गत आवको तुलनामा म्यादीजीवन बीमालेखको संख्या १६.२८ प्रतिशतले घटेको छ । गत आवको यही अवधिमा म्यादीजीवन बीमालेखको संख्या ४० लाख १७ हजार ५५४ थियो । तेस्रोमा वैदैशिक रोजगार म्यादीको हिस्सा १६.३४ प्रतिशत रहेको छ । 

वैशाखसम्ममा वैदेशिक रोजगार म्यादीको सक्रिय बीमालेखको संख्या २५ लाख १ हजार ३६८ रहेको छ । जुन गत आवको तुलनामा २०.८२ प्रतिशतले बढी हो । गत आवको सोही अवधिमा वैदेशिक रोजगार म्यादीको सक्रिय बीमालेखको संख्या २० लाख ७० हजार २५६ थियो ।

त्यस्तै, वैशाखसम्ममा सावधिक जीवन बीमालेखको सक्रिय बीमालेखको संख्याको हिस्सा १३.५० प्रतिशत रहेको छ भने उक्त बीमालेखको संख्या गत आवको तुलनामा ४.५२ प्रतिशतले बढेको छ । 

गत आवको वैशाखसम्ममा सावधिक जीवन बीमालेखको संख्या १९ लाख ७७ हजार ५१८ रहेकोमा आव २०८१ मा २० लाख ६६ हजार ९२० रहेको छ । एकल बीमालेखको संख्या गत आवको तुलनामा २६.७१ प्रतिशतले बढेको छ । 

गत आवको यही अवधिमा उक्त बीमालेखको संख्या ७० हजार ६५२ रहेकोमा चालु आवमा ८९ हजार ५२६ रहेको छ । त्यसबाहेक अन्यको ४.५२, बालबच्चासम्बन्धी सावधिकको ५.२७, रूपान्तरित सावधिकको १.४० र अग्रिम भुक्तानी बीमालेखको संख्या ०.१४ प्रतिशतले बढेको छ । 

null

Share News