काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा १० अर्ब १४ करोड बजेट विनियोजन गरेको छ ।
बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले औद्योगिक क्षेत्रको प्रवर्द्धन, स्वरोजगार सृजना तथा उत्पादनमा आधारित अर्थतन्त्र निर्माणलाई प्राथमिकता दिँदै मन्त्रालयका लागि उक्त बजेट व्यवस्था गरिएको जानकारी दिएका हुन्।