काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा रासायनिक मलको आपूर्ति ६ लाख मेट्रिक टनसम्म पुर्याउने घोषणा गरेको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा प्रस्तुत गरेको आगामी आव २०८२/०८३ को बजेट भाषणका क्रममा मल आपूर्तिको लक्ष्य सार्वजनिक गरेका हुन् । सोही उद्देश्यका लागि सरकारले २८ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ ।
यस्तै, रासायनिक मलको दीर्घकालीन आपूर्तिलाई ध्यानमा राख्दै मल कारखाना स्थापनाको तयारी सुरु गरिने बजेटमा उल्लेख गरिएको छ ।