नेप्से परिसूचक १०३ अंकको वृद्धि, ५ अर्ब ७७ करोडको सेयर कारोबार

<p>काठमाडौं । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०३.८५ अंकले बढेर अन्तिम दिन १४८६ अंकमा पुगेको छ । लगातार पाँचै दिन खुलेको बजारमा सबैदिन नेप्से परिसूचक उकालो लागेको छ । सातामा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि उलेख्य सुधार भएको छ । साताभर बजारमा ५ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार [&hellip;]</p>

काठमाडौं । यस साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०३.८५ अंकले बढेर अन्तिम दिन १४८६ अंकमा पुगेको छ । लगातार पाँचै दिन खुलेको बजारमा सबैदिन नेप्से परिसूचक उकालो लागेको छ ।

सातामा नेप्से परिसूचक सँगै कारोबार रकममा पनि उलेख्य सुधार भएको छ । साताभर बजारमा ५ अर्ब ७७ करोड ७५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सो अवधिमा १५५ कम्पनीको एक करोड ८ लाख ३३ हजार कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।  यस साता कारोबार रकम गत साताको भन्दा २२२ प्रतिशत बढि हो । गत साता एक अर्ब ७९ करोड ३५ लाख ५६ हजार रुपैयाँ बराबरका ३८ लाख ५३ हजार एक सय ६० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

उत्पादनमूलक समूहको परिसूचक बाहेक बजारमा कारोबार भएका सबै समूहको परिसूचक उकालो लागेका छन् । सो मध्ये सबैभन्दा बढी बीमा समूहको परिसूचक ५९६ अंकले उकालो लागेको छ । त्यस्तै, विकास बैंक, जलविद्युत्, होटल, वाणिज्य बैंक र वित्त समूहको परिसूचक क्रमशः १६५, १३५, १०४, ९९ र ४२ अंकले उकालो लागेका छन् ।

यस साता कारोबार रकमका आधारमा नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । सो अवधिमा कम्पनीको ३२ करोड ५५ लाख ६० हजार रुपैयाँ बराबरकोे सेयर कारोबार भएको छ । त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड अग्रस्थानमा रहेको छ । कम्पनीको जम्मा आठ लाख ४९ हजार कित्ताको सेयर किनबेच भएको छ ।  त्यसैगरी कारोबार संख्याका आधारमा नेपाल बंगलादेश बैंक अगाडी रहेको छ । साताभर बैंकको १८९२ वटा कारोबार भएको थियो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २२.८८ अंकले बढेर ३२३.२६ अंकमा आईपुगेको छ ।

Share News