मस्तिष्क मृत्यु भएका एकै व्यक्तिबाट प्राप्त मिर्गौला र कलेजो प्रत्यारोपण

काठमाडौं । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले मस्तिष्क मृत्यु (ब्रेनडेथ) भएको डोनरबाट एउटै बिरामीमा मिर्गौला र कलेजो प्रत्यारोपण गरेको छ । सडक दुर्घटनामा परी घाइते भएका धादिङका १८ वर्षका एक युवाको काठमाडौं मेडिकल कलेज (केएमसी) मा उपचार क्रममा मस्तिष्क मृत्यु भएपछि भएको थियो ।

परिवारले अङ्गदान गर्न सहमति जनाएपछि उनको कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको हो । एक पुरुषलाई यी दुवै अङ्ग एकैसाथ प्रत्यारोपण गरिएको छ भने अर्का ४२ वर्षीय महिलामा मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ । यो नेपालमा पहिलो पटक एकै व्यक्तिबाट दुई वटा महत्त्वपूर्ण अङ्ग (मिर्गौला र कलेजो) लिएर प्रत्यारोपण गरिएको छ । 

नौ दिनअघि शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यो प्रत्यारोपण नेपाली चिकित्सकहरूको ऐतिहासिक उपलब्धि भएको बताए । प्रत्यारोपण गरिएका दुवै बिरामीको स्वास्थ्य अवस्था सामान्य रहेको र चाँडै  डिस्चार्ज गरिने जनाइएको छ ।

प्रत्यारोपणमा कलेजतर्फ डा. रोशन घिमिरे र डा. प्रविण महर्जनले साथ दिएका थिए यस्तै मिर्गौला प्रत्यारोपणमा डा. दिपेश श्रेष्ठ, डा. रूपेशकुमार झा, डा. हरिप्रसाद बराल, डा. रोजन अधिकारीले सहयोग गरेका थिए । त्यस्तै प्रत्यारोपण टोलीमा डा. विकास खड्का नेफ्रोलोजी विभाग प्रमुख डा. कल्पनाकुमारी श्रेष्ठ, डा. लुसन सिंह, डा. सुमित आचार्यलगायत संलग्न थिए ।
 

Share News