काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स र काठमाडौं टेक्निकल स्कुल (केटीएस) बीच सम्झौता भएको छ ।
सम्झौतापश्चात आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीलाई काठमाडौं टेक्निकल स्कुलका रोजगारमुखी तालिममा २० देखि ५० प्रतिशतसम्म सहुलियत प्रदान हुनेछ ।
यसैगरी,स्कुलका प्रशिक्षार्थीहरूलाई प्रशीक्षण अवधिभरि आईएमई लाइफ इन्स्योरेन्सको दुर्घटनाबीमाको रक्षवरण प्रदान गरिएको छ ।
कम्पनी र स्कुलबीच हालै सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो ।
सो छुट सुविधा प्राप्त गर्नका लागि कम्पनीका बीमितले आफ्नो मोबाइलमा कम्पनीको मोबाइल एप आईएमई लाइफ मोबाइल एपमा रहेको प्रिभिलेज कार्ड देखाइ छुट सुविधा लिन सक्नेछन् भने अभिकर्ता तथा
कर्मचारीहरूले कम्पनीले जारी गरेको आधिकारिक परिचयपत्र पेसगरी उक्त छुट(सुविधाको लाभ लिन सक्नेछन्।
स्कुलले प्रदान गर्दै आएको केयरगिभर, कुकरी तथा बेकरी बरिस्ता, हाउसकिपिङ, बारटेन्डिङ लगायतका स्कुलले आयोजना गर्ने तालिम लिन सक्नेछन् ।
उक्त सुविधालाई प्रभावकारी बनाउन कम्पनीले आफ्नो मोबाइल एपमार्फत प्रिभिलेज कार्ड जारी गरी सेवालाई सहज बनाएको छ ।