बीमा क्षेत्रको प्रभावकारी नियमन हुन जरुरी छ : कामु गभर्नर ढुङ्गाना

काठमाडौं । नेपाल राष्ट्र बैककी कार्यवाहक गभर्नर नीलम ढुङ्गाना तिम्सिनाले बीमा कम्पनीको नियमन समयसापेक्ष र प्रभावकारी बनाउन आवश्यक रहेको बताएकी छन् । 

नेपाल बीमा प्राधिकरणको ५७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले प्राधिकरणले दाबी भुक्तानीको विषयलाई प्रभावकारी र द्रूतगतिमा अगाडि बढाउन पनि आवश्यक रहेको सुनाइन् । 

उनले बीमा क्षेत्रमा सम्पत्ति शुद्धिकरण निवारणको विषय र वित्तीय सुरक्षा, वित्तीय पहुँच र वित्तीय साक्षरतामा पनि जोड दिनुपर्ने धारणा राखिन् ।

Share News