एनएलजी इन्स्योरेन्सको बीमा शुल्क ७.६९ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । एनएलजी इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ९.७८ प्रतिशत घटेर १२ करोड ३३ लाख ४२ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १३ करोड ६७ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ७.६९ प्रतिशत बढेर १ अर्ब ८७ करोड ६३ लाख आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले १ अर्ब ७४ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

यस अवधिमा कम्पनीले खुद दाबी भुक्तानी ४४ करोड ६४ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३२ करोड ९३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । 

चैतसम्म कम्पनीले १ अर्ब ४ करोड २९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ८६ करोड ६५ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९० करोड ८० लाख रुपैयाँ कुल आम्दानी गर्दा ७१ करोड ६२ लाख रुपैयाँ कुल खर्च गरेको थियो । 

२ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ३६ करोड रुपैयाँ, महाविपत्ति कोषमा ८ करोड ३८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ११ करोड १६ लाख रुपैयाँ र अन्य इक्विटीमा १७ करोड ८९ लाख रुपैयाँ रहेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १२.४९ रुपैयाँबाट घटेर ६.५७  रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८०.३२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १३४.६४ गुणा रहेको छ ।


 

Share News