काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४७ प्रतिशत घटेर २५ करोड १९ लाख ४९ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४७ करोड ५४ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ५.७३ प्रतिशत घटेर २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब १२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ५५.४९ प्रतिशत बढेर १ अर्ब १४ करोड १३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७७ करोड ९० लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।
चैतसम्म कम्पनीले २ अर्ब ९ करोड १३ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ७३ करोड १३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले २ अर्ब ५ करोड ९४ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३८ करोड ३ लाख रुपैयाँ कुल खर्च गरेको थियो ।
२ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा २ अर्ब ५५ करोड ४ लाख रुपैयाँ, महाविपत्ति कोषमा २१ करोड ४१ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६२ करोड ६१ लाख रुपैयाँ र अन्य इक्विटीमा ५१ करोड २२ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार प्रतिशत बढेर ८ अर्ब १७ करोड १८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ६ अर्ब ६१ करोड २२ लाख रुपैयाँ थियो ।
कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २४.१७ रुपैयाँबाट घटेर १२.८१ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ २४८.८२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५५.९८ गुणा रहेको छ ।