एशियन लाइफको नाफा ५९.५१ प्रतिशत बढ्यो, जीवन बीमा कोषको आकार ४५.२३ अर्ब रुपैयाँ

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ५९.५१ प्रतिशत बढेर ३३ करोड ४७ लाख १६ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २० करोड ९८ लाख ४४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १२.२२ प्रतिशत बढेर ६ अर्ब ४६ करोड ३४ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ५ अर्ब ७५ करोड ९७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ८ प्रतिशत बढेर ७ अर्ब ३९ करोड ६७ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ६ अर्ब ८४ करोड ८७ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । 

चैतसम्म कम्पनीले ९ अर्ब २३ करोड ९९ लाख रुपैयाँ कुल आम्दानी गर्दा ८ अर्ब ४५ करोड ४३ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ८ अर्ब ६० करोड ७१ लाख रुपैयाँ कुल आम्दानी गर्दा ७ अर्ब ९१ करोड ६० लाख रुपैयाँ कुल खर्च गरेको थियो । 

३ अर्ब ३९ करोड ९८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको महाविपत्ति कोषमा २६ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ६३ करोड ८८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड १८ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार ११.२१ प्रतिशत बढेर ४५ अर्ब २३ करोड ३७ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ४० अर्ब ७६ करोड ४४ लाख रुपैयाँ थियो । 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ८.२३ रुपैयाँबाट बढेर १३.१३ रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.५७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ५६.४५ गुणा रहेको छ ।


 

Share News