२५.३९ प्रतिशत बढ्यो शिखर इन्स्योरेन्सको दाबी भुक्तानी, नाफा ३५ करोड ७० लाख रुपैयाँ

काठमाडौं । शिखर इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १.७९ प्रतिशत बढेर ३५ करोड ७० लाख ५४ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३५ करोड ७ लाख ६१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क ५.८६ प्रतिशत बढेर ३ अर्ब ७३ करोड ३८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ३ अर्ब ५२ करोड ७० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी २५.३९ प्रतिशत बढेर ७१ करोड ५० लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५७ करोड २ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । 

चैतसम्म कम्पनीले १ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३६ करोड ९२ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७४ करोड रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब २३ करोड ६८ लाख रुपैयाँ कुल खर्च गरेको थियो । 

२ अर्ब ९२ करोड ३० लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८६ करोड ६० लाख रुपैयाँ, महाविपत्ति कोषमा १५ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १६ करोड २३ लाख रुपैयाँ र अन्य इक्विटीमा ६१ करेड ६१ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार ६ अर्ब ७८ करोड ७० लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ५ अर्ब २९ करोड रुपैयाँ थियो । 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) १७.६२ रुपैयाँबाट घटेर १६.२९ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १९५.८१ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४६.८१ गुणा रहेको छ ।


 

Share News