काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ह्याम्स अस्पताल लिमिटेडबीचको समझदारी भएकाे छ ।
समझदारीअनुसार अब आईएमई लाइफका बीमित, अभिकर्ता तथा कर्मचारीहरूले ह्याम्स अस्पतालमा उपचार सेवामा १० प्रतिशत र औषधि खरिदमा ५ प्रतिशत छुट पाउने भएका छन् ।
सम्झौताअनुसार बीमितहरूले कम्पनीको मोबाइल एपमा रहेको बीमालेख देखाएर, र अभिकर्ता तथा कर्मचारीहरूले आधिकारिक परिचयपत्र पेस गरी छुट सुविधा लिन सक्नेछन् ।
कम्पनीले यो सहकार्यले व्यावसायिक सम्बन्धमा प्रभावकारिता ल्याउने विश्वास लिएको छ भने बीमित, अभिकर्ता तथा कर्मचारीहरूलाई स्वास्थ्य सेवामा निरन्तर लाभ पुर्याउने अपेक्षा गरिएको छ । भविष्यमा सेवा झन् प्रभावकारी बनाउने उद्देश्यले कम्पनीले प्रिभिलेज कार्ड पनि ल्याउने योजना बनाएको छ ।