१०.९३ प्रतिशत बढ्यो आईजीआई प्रुडेन्सियलको बीमा शुल्क, २६.५१ करोड रुपैयाँ खुद नाफा

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा ४३.३१ प्रतिशत घटेर २६ करोड ५१ लाख १ हजार रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले ४६ करोड ७६ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आवको चैतसम्ममा कम्पनीको कुल बीमा शुल्क १०.९३ प्रतिशत बढेर २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतसम्म कम्पनीले २ अर्ब २८ करोड ४६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १९.७५ प्रतिशत बढेर ६१ करोड ३० लाख ५७ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५१ करोड १९ लाख १५ हजार रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । 

चैतसम्म कम्पनीले १ अर्ब ५२ करोड ७८ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब १४ करोड ९१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ७० करोड २७ लाख रुपैयाँ कुल आम्दानी गर्दा १ अर्ब ३ करोड ४७ लाख रुपैयाँ कुल खर्च गरेको थियो । 

३ अर्ब २ करोड ९३ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको विशेष जगेडा कोषमा १ अर्ब ८१ करोड २४ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १२ करोड ५२ लाख रुपैयाँ र अन्य इक्विटीमा ५५ करोड ४२ लाख रुपैयाँ रहेको छ । 

समीक्षा अवधिमा कम्पनीको निर्जीवन बीमा कोषको आकार २.०१ प्रतिशत बढेर ४ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ पुगेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा ४ अर्ब ५५ करोड ४८ लाख रुपैयाँ थियो । 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) २०.५८ रुपैयाँबाट घटेर ११.६७ रुपैयाँमा झरेको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १८५.३० रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४८.४३ गुणा रहेको छ ।


 

Share News