रिलायबल लाइफको १२.६३ प्रतिशत लाभांश घोषणा, पुँजी ५ अर्ब बढी पुग्ने

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीको वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको १२ प्रतिशतका दरले ५५ करोड ६८ लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.६३ प्रतिशतका दरले २ करोड ९३ लाख १ हजार रुपैयाँ नगद गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सेयरधनीहरूलाई वितरण गरिनेछ । बोनस सेयर वितरणपश्चात् कम्पनीको चुक्ता पुँजी नियामकले तोके बमोजिम ५ अर्ब रुपैयाँ भन्दा बढी पुग्नेछ ।
 

Share News