आइएमई लाइफको नाफा १०.४९ प्रतिशत बढ्यो, यस्ता छन् अन्य सूचक

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासमा खुद नाफा १०.४९ प्रतिशत बढेर ३६ करोड ६३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३३ करोड १५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चालु आवको चैत मसान्तसम्ममा कम्पनीको खुद बीमा शुल्क १५.६५ प्रतिशत बढेर ३ अर्ब ६० करोड ३३ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा कम्पनीले ३ अर्ब ११ करोड ५६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । 

चैतसम्म कम्पनीले ३ अर्ब ७३ करोड ९ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब २९ करोड १५ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । 

यस अवधिमा कम्पनीको खुद दाबी भुक्तानी ३ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले २ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो ।

चैतसम्म कम्पनीले ४ अर्ब ८२ करोड ९४ लाख रुपैयाँ कुल आम्दानी गरेर ४ अर्ब ४६ करोड ३१ लाख रुपैयाँ कुल खर्च गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४ अर्ब १२ करोड २७ लाख रुपैयाँ कुल आम्दानी गरेर ३ अर्ब ७९ करोड ११ लाख रुपैयाँ कुल खर्च गरेको थियो । 

समीक्षा अवधिसम्ममा कम्पनीको चुक्ता पुँजी ५ अर्ब रुपैयाँ, सेयर प्रिमियम ५२ करोड ३८ लाख रुपैयाँ, सञ्चित नाफा ४२ करोड ५६ लाख रुपैयाँ, महाविपत्ती कोष २२ करोड ९८ लाख रुपैयाँ र जीवन बीमा कोषको आकार ११ अर्ब ८४ करोड ३४ लाख रुपैयाँ पुगेको छ । 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ९.७७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३२.६७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४७.३३ गुणा रहेको छ । 

Share News