स्वास्थ्य बीमा पुनर्संरचना गरि दिगो बनाइने

काठमाडौं । स्वास्थ्य बीमा कार्यक्रम पुनसंरचना गरी दिगो सुलभ बनाइने भएको छ । आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सम्बन्धी सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमा क्षेत्रमा आवद्ध गर्ने बताए ।

यस्तै स्वास्थ्य सेवालाई सुलभ पहुँच योग्य तुल्याउन पूर्वाधार बिस्तारसँगै सेवा प्रदायक अस्पताल, चिकित्सक, स्वास्थ्य जनशक्ति, र सेवाग्राही बीचको असन्तुलन हटाउने बताएका छन् ।

Share News