गार्डियन माइक्रो लाइफको नाफा ३ हजार ८१२.८४ प्रतिशत बढ्यो, अन्य सूचकमा पनि उछाल

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको चालु आर्थिक वर्ष २०८१÷८२ को तेस्रो त्रैमासमा खुद नाफा ३ हजार ८१२.८४ प्रतिशत बढेर २ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चैतमा ७ लाख १ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

चैत मसान्तसम्म कम्पनीको खुद बीमा शुल्क ९९०.४४ प्रतिशत बढेर १९ करोड ४८ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १ करोड ७८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । 

तेस्रो त्रैमाससम्म कम्पनीको कुल बीमाशुल्क ९०९ प्रतिशत बढेर २० करोड ६७ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको चैतमा २ करोड ४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । 

समीक्षा अवधिमा कम्पनीको खुद दाबी भुक्तानी १ हजार २११ प्रतिशत बढेर १३ करोड ५३ लाख रुपैयाँ गरेको छ । गत वर्षको चैतमा कम्पनीले १ करोड ३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो । 

७५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको महाविपत्ति कोषमा २९ लाख ३५ हजार रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ९० लाख रुपैयाँ र अन्य इक्विटीमा ३२ लाख ५६ हजार रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष १ हजार १ प्रतिशत बढेर १२ करोड ५९ लाख रुपैयाँ रहेको छ । गत वर्षको चैतमा जीवन बीमा कोषमा १ करोड १४ लाख रुपैयाँ थियो । 

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ४.८८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०२.९३ रुपैयाँ र पीई रेसियो ५०७.९१ गुणा रहेको छ । यस अवधिमा कम्पनीले ४५ करोड ५० लाख रुपैयाँ दीर्घकालीन र ३० करोड रुपैयाँ अल्पकालीन लगानी गरेको छ । 
 

Share News