काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) को लाभांश सुरक्षित गर्ने आज वैशख १६ गते अन्तिम दिन रहेको छ । इन्स्योरेन्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ वैशाख १७ गते एक दिनका लागि बुकक्लोज गर्दैछ।
त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको साधारण सभा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले वैशाख २८ गते बिहान १० बजे काठमाडौंमा २८औँ वार्षिक साधारण सभा बोलाएको छ।
कम्पनीको सभाले लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न संघ संस्थाहरुलाई भुक्तानी गरेको रकम अनुमोदन गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।