काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले '१७औं कर्पोरेट बिजनेस अवार्ड २०२५' अन्तर्गत 'नन लाइफ इन्स्योरेन्स अफ द इयर २०२५' सम्मान प्राप्त गरेको छ । कर्पोरेट खबरद्वारा आयोजित एक समारोहमा इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत, वीरेन्द्र बैदवार क्षेत्रीलाई रक्षामन्त्री मानवीर राइले सम्मानपत्र प्रदान गरे ।
यो अवार्ड विभिन्न उद्योग, व्यापार, स्वास्थ्य, पर्यटन, उड्डयन, बैंक, फाइनान्स, बीमा, सूचना प्रविधि र नवउद्यमी विधामा प्रदान गरिएको हो । 'नन लाइफ इन्स्योरेन्स अफ द इयर २०२५;' को लागि सिद्धार्थ प्रिमियर इन्स्योरेन्स सफल भएको हो ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको यो सम्मान कम्पनीको दीर्घकालीन मेहनत र उत्कृष्ट सेवाको प्रमाण हो, जसले ग्राहक र उद्योगको विश्वसनीयता निर्माण गरेको छ ।