गार्डियन माइक्रो लाइफले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने

<p>काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको चैत १८ गते बसेको बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो । सो प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले आगामी २०८२ वैशाख ५ गते वार्षिक साधारण सभा आह्वान गर्ने [&hellip;]</p>

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना सेयरधनीहरूका लागि शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनी सञ्चालक समितिको चैत १८ गते बसेको बैठकले १ बराबर १ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो ।

सो प्रस्तावलाई अनुमोदन गर्न कम्पनीले आगामी २०८२ वैशाख ५ गते वार्षिक साधारण सभा आह्वान गर्ने भएको छ । साधारण सभा प्रयोजनका लागि चैत २८ गते कम्पनीले बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जस अनुसार, चैत २७ गतेसम्म सेयरधनीहरूले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

Share News