नेप्से परिसूचक २४ अंकले उकालो लाग्दा ६८ करोडको सेयर कारोबार, सबै सूचक हरिया

<p>काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अंकको सुधार भएको छ । आइतबार नेप्से २४ दशमलब ८५ अंकले बढेर १३८२ दशमलब १९ अंकमा पुगेको छ । परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । बजारमा ६८ करोड ७७ लाख रुपैयाँको सेयर करोबार भएको छ । सो दिन कुल १३६ कम्पनीको १४ लाख ४८ [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन नेप्से परिसूचकमा दोहोरो अंकको सुधार भएको छ । आइतबार नेप्से २४ दशमलब ८५ अंकले बढेर १३८२ दशमलब १९ अंकमा पुगेको छ । परिसूचक सँगै कारोबार रकममा पनि सुधार आएको छ । बजारमा ६८ करोड ७७ लाख रुपैयाँको सेयर करोबार भएको छ । सो दिन कुल १३६ कम्पनीको १४ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ ।

आइतबार करोबार भएका सबै समूहको परिसूचक हरिया भएका छन् । सबैभन्दा बढी बीमा समूहको परिसूचक ३६७ दशमलब ४९ अंकले उकालो लागेको छ । त्यस्तै, होटल, हाइड्रोपावर, विकास बैंक र बैंकिङ् समूह क्रमशः ६०, ५५, १७ र १२ अंकले उकालो लागेका छन् । त्यसैगरि, अन्य समूह, फाइनान्स र उत्पादनमूलक समूहको परिसूचक क्रमशः ९, ६ र २ अंकले बढेका छन् ।

सो दिन तीन कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी, एभरेष्ट इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सको सेयर मूल्य क्रमशः ९.९९, ९.९९ र ९.९६ प्रतिशतले बढेको छ । त्यस्तै, आइतबार यी तीन कम्पनीको सेयर मूल्य क्रमशः १४६, १३९ र ७३ रुपैयाँ रहेको छ ।

Share News