काठमाडौं । सरकारले स्वास्थ्यका विभिन्न विभागका प्रमुख हेरफेर गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले मन्त्री स्तरीय निर्णय गर्दै प्रमुख हेरफेर गरेका हुन् ।
जसमा इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)को निर्देशकमा डा चन्द्रभाल झालाई नियुक्त गरिएको छ भने, यस अघिका निर्देशक यदुचन्द्र घिमिरेलाई हेटौडा स्थित किटजन्य रोग अनुसन्धान केन्द्रको प्रमुख बनाएर पठाइएको छ ।
डा. झा कोशी अस्पतालका पुर्व निर्देशक हुन् । परोपकार प्रसुती गृह थापाथलीको निर्देशकमा डा एन्जीला घिमिरेलाई नियुक्त गरिएको छ । यस्तै गजेन्द्रनारायण सिं स्वास्थ्य विज्ञान प्रतिष्ठानक प्रमुखमा डा किरण मणि पौडेललाई दिइएको छ ।
यस्तै मन्त्री पौडेलले ६ जना चिकित्सकलाई पनि पदस्थापन गरिएको छ ।