काठमाडौं । के तपाईं कब्जियतबाट पीडित हुनुहुन्छ ? उठ्नेबित्तिकै, पेट दुख्ने, अप्ठ्यारो हुनुका साथै पेट फुल्ने महसुस हुन्छ ? यो समस्याले तपाईंको दैनिक क्रियाकलापसँगै तपाईंको दिनचर्या पनि बिग्रन्छ ।
विशेष गरी यदि तपाईंको पेट बिहान सफा छैन भने दिनभर असहज महसुस गर्नुहुन्छ । यो सबै हुने भनेको पेटको समस्याले हो । यहाँ केही खानाहरू छन् जसले तपाईंको पेटको स्वास्थ्य सुधार गर्न मद्दत गर्दछ ।
फाइबर, भिटामिन र खनिज जस्ता आवश्यक पोषक तत्वहरूले भरिपूर्ण तरकारीहरूले कब्जियत कम गर्न मद्दत गर्दछ । यसले दिसालाई नरम बनाउन र तपाईंको पाचन प्रणालीलाई सूचारु रूपमा चलाएर नियमित आन्द्रा चलाउन मद्दत गर्छ ।
ब्रोकाउली
ब्रोकाउली कब्जियतको लागि धेरै राम्रो मानिन्छ । यसमा घुलनशील र अघुलनशील फाइबरहरू हुन्छन् । जसले दिसालाई नरम बनाउँछ र पाचन प्रक्रियालाई गति दिन्छ ।
ब्रोकाउली एन्टिअक्सिडेन्टमा धनी हुन्छ र यसमा शरीरको प्राकृतिक डिटक्सिफिकेशन प्रक्रियाहरू बढाउन सक्ने यौगिकहरू समावेश हुन्छन् । नियमित रूपमा ब्रोकाउली खाँदा कब्जियतबाट राहत मिल्छ ।
ब्रसेल्स स्प्राउट्स
ब्रसेल्स स्प्राउट्स फाइबरको उत्कृष्ट स्रोत हो । जुन स्वस्थ पाचनका लागि आवश्यक छ । यी साना, हरियो तरकारीहरू एन्टिअक्सिडेन्टमा धनी हुन्छन् । जसले पाचन प्रणालीमा हुने सूजनलाई कम गर्न मद्दत गर्छ । ब्रसेल्स स्प्राउट्समा पाइने फाइबरले दिसालाई खुकुलो बनाउँछ, जसले गर्दा कब्जियतबाट राहत मिल्छ ।
काँक्रो
काँक्रो कब्जियतका लागि उत्तम तरकारीहरूमध्ये एक हो । किनभने यसमा पानीको मात्रा धेरै हुन्छ । इन्टरनेशनल जर्नल अफ एप्लाइड साइन्सेज एण्ड बायोटेक्नोलोजीमा प्रकाशित एक अध्ययनले यसले दिसालाई नरम बनाउन र पास गर्न सजिलो बनाउन मद्दत गर्ने देखाएको छ । जसले गर्दा कब्जियतबाट राहत प्रदान गर्दछ । यसबाहेक काँक्रोले तपाईंलाई हाइड्रेटेड राख्छ र छालाको लागि पनि फाइदाजनक हुन्छ ।