काठमाडौं । सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवमा डा.विकास देवकोटालाई नियुक्त गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलको जोडबलमा उनी स्वास्थ्य सचिव बनेका हुन् । स्वास्थ्य सचिव सिफारिस समितिले डा. देवकोटासहित डा.संगीता कौशल मिश्र र डा. टंक बाराकोटीको नाम सिफारिस गरेको थियो ।
डा. देवकोटा कोरोनाको समयमा निकै चर्चामा आएका थिए । कोरोनाको संक्रमितको विषयमा दैनिक भिडियोमार्फत् सूचना दिएर उनी सर्वसाधारणका माझ परिचित बनेका थिए ।