स्वास्थ्य मन्त्रालयको सचिवका लागि तीन जनाको नाम सिफारिस

<p>काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त सचिव पदका लागि तीनजनाको नाम सिफारिस गरिएको छ । मन्त्रालयका सचिव डा. रोशन पोख्रेलको समयावधि सकिएपछि रिक्त रहेको पदका लागि डा. टंक बाराकोटी, डा. विकास देवकोटा र डा. संगीता कौशल मिश्रको नाम सिफारिस भएको हो । लोक सेवा आयोगका अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले तीन [&hellip;]</p>

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको रिक्त सचिव पदका लागि तीनजनाको नाम सिफारिस गरिएको छ ।

मन्त्रालयका सचिव डा. रोशन पोख्रेलको समयावधि सकिएपछि रिक्त रहेको पदका लागि डा. टंक बाराकोटी, डा. विकास देवकोटा र डा. संगीता कौशल मिश्रको नाम सिफारिस भएको हो ।

लोक सेवा आयोगका अध्यक्ष माधव शर्माको अध्यक्षतामा बसेको बढुवा समितिको बैठकले तीन जनाको नाम सिफारिस गर्ने निर्णय गरेको थियो । डा. संगीता कौशल मिश्र सचिव बन्दा स्वास्थ्य क्षत्रमा पहिलो महिला सचिव हुनेछिन् ।    

Share News