२ जीवन बीमाको व्यवसाय घट्दा १२ कम्पनीले बढाए, यस्तो छ १४ कम्पनीको व्यवसाय

<p>काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले कुल ९५ अर्ब बढीको व्यापार गरेका छन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले माघ महिनासम्ममा १ करोड ३४ लाख ७ हजार ४८ वटा बीमा लेख बिक्री गरी कुल ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेका हुन् । [&hellip;]</p>

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्ममा जीवन बीमा कम्पनीहरूले कुल ९५ अर्ब बढीको व्यापार गरेका छन् । बीमा प्राधिकरणको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरूले माघ महिनासम्ममा १ करोड ३४ लाख ७ हजार ४८ वटा बीमा लेख बिक्री गरी कुल ९५ अर्ब ३८ करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेका हुन् ।

सात महिनाको अवधिमा संकलन गरेको बीमा शुल्क गत आवको माघ महिनाको तुलनामा ९.७९ प्रतिशत अर्थात् ८ अर्ब ५० करोड ७८ लाख रुपैयाँले बढी हो । गत आवको माघसम्ममा कम्पनीहरूले विभिन्न बीमा लेखबाट ८६ अर्ब ८८ करोड ८ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका थिए ।

यस अवधिमा सबैभन्दा धेरै बीमाशुल्क नेपाल लाइफले संकलन गरेको छ । कम्पनीले माघसम्ममा २६ अर्ब ५४ लाख रुपैयाँको व्यापार गरेको छ । प्राधिकरणको तथ्यांकअनुसार नेपाल लाइफको व्यापार १२.०६ प्रतिशत बढेको छ । गत वर्षको माघ मसान्तसम्ममा २३ अर्ब २० करोड ७४ लाख बीमा शुल्क संकलन गरेको थियो ।

धेरै व्यापार गर्ने दोस्रो कम्पनीमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । नेशनल लाइफले यस अवधिमा ११ अर्ब २३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा यस वर्ष कम्पनीको व्यापार ११.७७ प्रतिशत बढेको देखिन्छ । गत आवको माघमा १० अर्ब ५ करोड २७ लाख व्यापार गरेको थियो ।

यस्तै, लाइफ इन्स्यारेन्स कर्पोरेशन (एलआइसी) नेपालले ११ अर्ब १७ करोड ९ रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको व्यवसाय १०.०९ प्रतिशत बढेको देखिन्छ । गत वर्षको माघमा कम्पनीले १० अर्ब १४ करोड ६९ लाख रुपैयाँ बिमाशुल्क संकलन गरेको थियो ।

गत वर्षको तुलनामा हिमालयन लाइफ इन्स्योरेन्सको व्यापार घटेपनि ९ अर्ब ९० करोड रुपैयाँ बराबरको व्यवसाय संकलन गरेको छ । गत वर्षको माघमा कम्पनीले ९ अर्ब ९० करोड रुपैयाँ बराबरको व्यवसाय संकलन गरेको थियो ।

यस्तै, सूर्याज्योति लाइफ इन्स्योरेन्सले ५ अर्ब ९५ करोड २२ लाख रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ अर्ब ७ करोड ८७ लाख रुपैयाँ बराबरको बीमा शुल्क आर्जन गरेका छन् ।

प्राधिकरणका अनुसार सिटिजन्स लाइफले ३ अर्ब ९८ करोड ४७ लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ३ अर्ब ९२ करोड ५८ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले ३ अर्ब ८० करोड ९६ लाख रुपैयाँ, मेट लाइफले ३ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ बराबरको व्यापार गरेका छन् ।

आइएमई लाइफले २ अर्ब ९० करोड ८२ लाख रुपैयाँ, प्रभु महालक्ष्मी इन्स्यारेन्सले २ अर्ब ८५ करोड ८९ लाख, रिलायबल नेपाल लाइफले २ अर्ब ७९ करोड २५ लाख रुपैयाँ र सन नेपाल लाइफले २ अर्ब ३८ करोड ७२ लाख रुपैयाँको व्यापार गरेको प्राधिकरणको तथ्याङ्क छ । 

Share News