बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम छनोट, फागुन १० गते अन्तरवार्ता

<p>काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम छनोट (सर्टलिष्ट) गरिएको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ५ जनाको नाम सर्टलिष्ट गरेको हो । सिफारिस समितिका अनुसार आवेदन दिएका १२ जनामध्ये कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सर्टलिष्ट गरिएको हो । रेग्मी प्राधिकरणमा [&hellip;]</p>

काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि ५ जनाको नाम छनोट (सर्टलिष्ट) गरिएको छ । अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ५ जनाको नाम सर्टलिष्ट गरेको हो ।

सिफारिस समितिका अनुसार आवेदन दिएका १२ जनामध्ये कमल प्रसाद रेग्मी, चिरञ्जीवी चापागाईं, दामोदर बसौला, रामशरण पुडासैनी र शरद ओझाको नाम सर्टलिष्ट गरिएको हो ।

रेग्मी प्राधिकरणमा निर्देशक पदमा कार्यरत छन् भने चापागाईं साविक बीमा समितिका पूर्वअध्यक्ष हुन् । बसौला स्वास्थ्य बीमा बोर्डका पूर्वकार्यकारी निर्देशक हुन् भने रामशरण पुडासैनी नेपाल सरकारका पूर्वसचिव हुन् । उनी हाल कृषि विकास बैंकको अध्यक्ष समेत हुन् । यस्तै, सर्टलिष्टमा परेका ओझा अध्यापन गराउँछन् ।

सर्टलिष्टमा परेका पाँचै जनालाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तरवार्ताका लागि फागुन १० गते २ बजे अर्थमन्त्रालयमा बोलाइएको छ ।

प्राधिकरणको अध्यक्ष पदका लागि १२ जनाले आवेदन दिएका थिए । प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि अर्थ मन्त्रालयले गठन गरेको सिफारिस समितिले गत पुस २६ गते आवेदन आह्वान गरेको थियो ।

गत मंसिर २४ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कीर्ते र भ्रष्टाचार मुद्धामा सूर्यप्रसाद सिलवालविरुद्ध अदालतमा मुद्दा दायर गरेपछि बीमा प्राधिकरण अध्यक्षविहीन छ । सिलवाल निलम्बित भएपछि अर्थ मन्त्रालयका सहसचिव मदन दाहालले प्राधिकरणको अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका छन् ।

Share News