नुवाकोटमा नि:शुल्क स्वास्थ्य शिविर, २५० महिलाले गराए पाठेघरको जाँच 

<p>काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन, बेलकोटगढी नगरपालिका वडा न. ३, लायन्स क्लब अफ काठमाडौं विष्णुमती, लायन्स क्लब अफ काठमाडौं इनोभेसनको संयुक्त आयोजनामा  बेलकोटगढी नगरपालिका वडा न. ३  को कुमरी स्वस्थ्य चौकीमा नि:शुल्क स्वास्थ्य शिविर  सञ्चालन भएको हो । शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले जनाएको छ । शिविरमा १० जना महिलाको रिङ प्रेसरी [&hellip;]</p>

काठमाडौं । लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीन, बेलकोटगढी नगरपालिका वडा न. ३, लायन्स क्लब अफ काठमाडौं विष्णुमती, लायन्स क्लब अफ काठमाडौं इनोभेसनको संयुक्त आयोजनामा  बेलकोटगढी नगरपालिका वडा न. ३  को कुमरी स्वस्थ्य चौकीमा नि:शुल्क स्वास्थ्य शिविर  सञ्चालन भएको हो ।

शिविरमा २५० जनाको स्वास्थ्य परीक्षण गरिएको लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रीनले जनाएको छ ।

शिविरमा १० जना महिलाको रिङ प्रेसरी राखिएको छ भने केही महिलालाई अप्रेसन गर्न सल्लाह दिइएको छ ।  शिविरमा पाठेघरको मुखको क्यान्सरको परीक्षण गरी औषधी वितरण गरिएको छ भने थप उपचारको लागि रिफर गरिएको छ । डा. प्रनिश पोखरेलले थापाथली अस्पतालमा निःशुल्क अप्रेसन गरिने जानकारी दिए ।

 

स्वास्थ्य शिविरमा बोल्दै वडाअध्यक्ष कौशिला पुडासैनीले आफ्नो वडाका महिलाहरू धेरै समस्या लुकाएर बसेको थाहा भएको बताइन् । उनले भनिन्, ‘यति धेरै समस्या लुकाएर बस्नु भएको रहेछ, आज यो शिविरमा उहाँहरूको रोगको पहिचान भयो खुसी छु ।’ 

लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ एभरग्रिन अध्यक्ष कल्पना बस्नेतले यो शिविरले नुवाकोटका महिला दिदीबहिनीहरूले नि:शुल्क पाठेघरको मुखको क्यान्सरको परीक्षण गराएको बताइन् ।

‘महिला दिदीबहिनीहरूले आफूमा समस्या हुँदा पनि लाज, आार्थिक अभाव र जनचेतनाको कमीले गर्दा समस्या लिएर बस्नु भएको रहेछ,’ उनी भन्छन्, ‘यस क्याम्पमा उनीहरूले स्वास्थ्य सेवा पाएकोमा  खुसी व्यक्त गर्नुका साथै स्वास्थ्य जनचेतनासम्बन्धी कार्यक्रमहरू गर्न आवश्यक छ ।’

स्वास्थ्य शिविरमा वरिष्ठ स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. प्रनिश पोख्रेल, डा. रोमन बोगटी, डा. दुर्गा मिश्र ,बागमती प्रदेश स्वास्थ्यका नीति तथा योजनाका विज्ञ,नर्सिङ अधिकृत शान्ता सापकोटा, प्यारामेडिक बबिता बस्नेत लगायत सिद्धार्थ एभरग्रीनका सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको थियो । लायन्स क्लब इन्टरनेशनल ३२५ आइ का जोन २६ का जोन चियरपर्शन गणेश बहादुर सुनामको पनि सहभागिता थियो । 

Share News